कात्तिक १५, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा २४.४८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको थियो । यस्तै बैंकको सञ्चालन नाफा २ अर्ब ३७ करोड १६ लाख ३६ हजार रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड २९ लाख २९ हजार रुपैयाँ रहेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १ करोड ९ लाख ८८ हजारबाट बढेर ४८ करोड ८३ लाख ३ हजार रहेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार रहेको छ । बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख २० हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा रहेको छ । बैंकको असोज मसान्तसम्म ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशत रहेको छ ।