+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस इतर पक्षले कात्तिक १५ मा नुवाकोट जिल्ला अधिवेशन गर्ने

डबली खबर
१ घण्टा अगाडी

कात्तिक ९, नुवाकोट । नेपाली कांग्रेसको नियमित अधिवेशन इतर पक्षले १५औं जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ।

अधिवेशनमा सहभागी हुन निर्वाचन संयोजक तथा पार्टिका सचिव श्रीराम श्रेष्ठले कांग्रेसका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई अपिल गरेका छन्।

अधिवेशन कात्तिक १५  गते आईतबार विदुर नगरपालिका–२ स्थित कबर्ड हालमा आयोजना हुने उनले जानकारी दिए ।

संयोजक श्रेष्ठले अधिवेशनलाई संगठन सुदृढीकरण, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि संगठनका सबै तहका अधिवेशन प्रक्रिया पूरा गर्न लागेको जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ