असार २३, नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।
परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए ।
तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् । परीक्षाफल विभिन्न २० वटा संस्थाको वेबसाइट, आइवीआर र एसएमएस–यूएसएसडी मार्फत हेर्न सकिन्छ। पुनःपरीक्षा आवेदन असार २५ गतेदेखि असार ३१ गतेसम्म खुला रहने बताइएको छ ।
नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरिएको छ । पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया