sujim bazar advert

क्यान महासंघद्वारा सातै प्रदेशमा सात दिने आईसीटी सीप अभिवृद्धि प्रशिक्षण सुरु

डबली खबर     चैत्र २५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

ICT Skill Enhancement Training Program
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२५ चैत, नुवाकोट । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले देशैभरका सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई दक्ष बनाउने उद्देश्यका एक साथ सात दिने सूचना तथा सञ्चार प्रविधि सीप अभिवृद्धि अनलाइन प्रशिक्षण सुरु गरेको छ।

क्यान महासंघको प्रदेश तथा जिल्ला सशक्तिकरण समितिको मुख्य आयोजना तथा साइबर सुरक्षा, वुमेन इन आईटी, एआई इन सोसाइटी र बीएफआई समितिहरूको सह-आयोजनामा सञ्चालित तालिमको औपचारिक उद्घाटन कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई मूर्तरूप दिन र सातै प्रदेशका ६२ भन्दा बढी जिल्ला शाखाबाट छानिएका करिब २०० प्रशिक्षार्थीहरूलाई दक्ष प्रशिक्षकको रूपमा तयार पार्ने यस अभियानको मुख्य लक्ष्य रहेको क्यान महासंघकी केन्द्रीय अध्यक्ष सुनैना घिमिरे पाण्डे जानकारी दिईन् ।

तालिम अवधिभर सहभागीहरूलाई समसामयिक र भविष्यको प्रविधिमा आधारित चारवटा प्रमुख विधामा गहन प्रशिक्षण दिइने व्यवस्था मिलाइएको छ। यस अन्तर्गत डिजिटल साक्षरता र इन्टरनेटका आधारभूत कुराहरू, आर्टिफिसियल इन्टेलिजेन्स र उदीयमान प्रविधि, साइबर सुरक्षा र अनलाइन सुरक्षा, तथा डिजिटल मार्केटिङ र सिर्जनशीलता जस्ता महत्वपूर्ण शीर्षकहरूमा विज्ञहरूले कार्यपत्र तथा कार्यशाला प्रस्तुत गर्नेछन्।

क्यान महासंघका केन्द्रीय सचिव सरिता न्यौपाने, केन्द्रीय सदस्यहरू हेमपाल श्रेष्ठ, मोना न्याछ्यौं, बन्दना शर्मा र व्यवस्थापक उदिप बरालले प्रशिक्षणको प्राविधिक पक्ष र सफ्टवेयर सञ्चालनका बारेमा सहजीकरण गर्नेछन् ।

कार्यक्रममा बोल्दै सहसचिव खड्काले क्यान महासंघको यो राष्ट्रिय सञ्जाल र तालिम अभियानले नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई जिल्ला र स्थानीय तहसम्म पुर्‍याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, क्यान महासंघका संस्थापक अध्यक्ष डा. बिमलकुमार शर्मा र उपाध्यक्ष शेखरनाथ दुलालले यस्ता बौद्धिक तालिमले सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी देशको आर्थिक र प्राविधिक विकासमा टेवा पुग्ने बताए।

सात दिने अनलाइन प्रशिक्षणले उत्पादन गर्ने दक्ष प्रशिक्षकहरूले आगामी दिनमा आआफ्नो प्रदेश र जिल्लामा सूचना प्रविधिको ज्ञान फैलाउन नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top