+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विश्व क्षयरोग दिवस: दिवस मात्रै पर्याप्त छैन, संरचनात्मक कदम आवश्यक

विश्व क्षयरोग दिवस: दिवस मात्रै पर्याप्त छैन, संरचनात्मक कदम आवश्यक
डबली खबर
३ हप्ता अगाडी

हरेक वर्ष मार्च २४ तारिख विश्वभर विश्व क्षयरोग दिवस मनाइन्छ। नेपालमा पनि सन् २०३५ सम्म क्षयरोग (Tuberculosis – TB) महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यस वर्ष “हो! हामी क्षयरोग अन्त्य गछौं। राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरू सञ्चालनमा छन्।

क्षयरोग अझै पनि विश्वका सबैभन्दा घातक सङ्क्रमक रोगमध्ये एक हो। क्षयरोगलाई छोटो रुपमा क्षयरोग भन्ने गरिन्छ । विश्व स्वास्थ्य संस्थाको ग्लोबल क्षयरोग रिपोर्ट २०२५ अनुसार २०२४ मा विश्वभर १.२ लाखभन्दा बढी मानिसको मृत्यु र अनुमानित १०.७ लाख मानिस क्षयरोगका कारण प्रभावित भएका छन्।

क्षयरोग रोकथाम र उपचार दुवै सम्भव भए पनि विश्व स्वास्थ्यका लागि विशेष गरी मध्यम र न्यून आय भएका देशहरूमा निदान र उपचारमा पहुँचको सीमितताका कारण क्षयरोग रोकथाम र नियन्त्रण ठूलो चुनौती बनेको छ। क्षयरोगका कारण हुने मृत्युहरूले सुस्वास्थ्य र सामाजिक असमानता समेतको संकेत गर्दछ। दिवस केवल मनाउने र दिवसमा लगाइने नारा मात्र क्षयरोगमुक्त राष्ट्रको अभियानका लागि पर्याप्त छैन्न ।

क्षयरोग केवल रोग मात्र नभई सामाजिक चुनौती पनि

‘माइकोब्याक्टेरियम ट्युबरकुलोसिस ब्याक्टेरिया’ क्षयरोग लगाउनका लागि आवश्यक भएपनि क्षयरोग लगाउन एक्लै पर्याप्त हुंदैन। तनाव, अपर्याप्त आहार, भीडभाडयुक्त आवास, गरिबी, कुपोषण, एचआईभी संक्रमण जस्ता कारणहरूले निष्क्रिय (latent) क्षयरोगलाई सक्रिय (active) क्षयरोगमा रुपान्तरण हुने जोखिम बढाउँछ। त्यसैले क्षयरोग केवल ब्याक्टेरियल संक्रमण मात्र नभई सामाजिक रोगको रूपमा हेरिन्छ।

ऐतिहासिक र सांस्कृतिक दृष्टान्त

  • क्षयरोग केबल चिकित्सकीय रोग मात्र नभई यसको आफ्नो छुट्टै संस्कृतिक इतिहास छ जसले समाजमा गहिरो प्रभाव छोडेको छ।
  • १९औँ र प्रारम्भिक २०औँ शताब्दीमा क्षयरोगलाई सबैभन्दा डरलाग्दा रोग मानिन्थ्यो। त्यसताका यसलाई “क्याप्टेन अफ डेथ,” “ह्वाइट प्लेग,” “वास्टिङ डिसिज” जस्ता नामले चिनिन्थ्यो।
  • क्षयरोगको सांस्कृतिक आकर्षण कविताहरू, उपन्यास र गीतहरूमा झल्किन्थ्यो। भिक्टोरिया स्पिभीको “TB Blues” (१९२७) एक उदाहरण हो।
  • Victorian Era मा क्षयरोगलाई रोमान्टिक दृष्टिले हेरिन्थ्यो; कविहरूको रोग मानिन्थ्यो। Lord Byron ले आफ्नी प्रेमिकाहरू प्रभावित पार्न क्षयरोगबाट मर्ने कल्पना गर्थे।
  • Susan Sontag को Illness as Metaphor का अनुसार उन्नाइसौं शताब्दीमा क्षयरोगलाई मृत्युभन्दा मर्ने प्रक्रिया नै रोगको परिभाषा मानिन्थ्यो।

क्षयरोग लाई हेर्ने दृष्टिकोण समयसँगै परिवर्तन भएको छ। पहिले यो रोगलाई विशेषगरी विकसित देशका बिरामीहरू—जस्तै ओछ्यानमा खोक्दै बसेको “consumptive” बिरामीको—छविसँग जोडेर हेरिन्थ्यो। तर आज, क्षयरोग मुख्यतः गरिबी, कुपोषण, भीडभाडयुक्त आवास र कमजोर स्वास्थ्य प्रणालीसँग सम्बन्धित रोगको रूपमा बुझिन्छ, जसको भार विशेषगरी Sub-Saharan Africa र Southeast Asian जस्ता क्षेत्रहरूमा बढी देखिन्छ।

नेपालमा क्षयरोगको अवस्था

नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्या हो। विश्व स्वास्थ्य संस्थाका अनुसार:

• २०२४ मा अनुमानित ६७ हजार नयाँ बिरामी।
• प्रति एक लाख जनसंख्यामा २२७ केस।
• हरेक वर्ष करिब १६ हजार जनाको मृत्यु।

तर पछिल्ला वर्षहरूमा नि:शुल्क परीक्षण सेवा, “क्षयरोगमुक्त अभियान”, AI जडित एक्स-रेमार्फत सक्रिय बिरामी खोजी लगायतका उपायहरूले उल्लेखनीय प्रगति भएको छ।

नुवाकोट जिल्लामा क्षयरोग

  • सबै प्रकारका नयाँ क्षयरोग बिरामी: ५७४ जना अनुमानित बिरामी।
  • रिपोर्ट गरिएका केस नोटिफिकेसन रेट प्रति १ लाख जनसंख्यामा ५०.५ प्रतिशत।
  • उपचारमा सफलता (Cured) र Treatment Completed: ८८.२ प्रतिशत।

तर, चुनौतीहरू अझै छन्:

  • विगतका वर्षमा TB का कारण हुने मृत्यु नुवाकोटमा बढ्दो क्रम देखिन्छ, यद्यपि मृत्युको मुख्य कारण प्राय: क्षयरोग नभएर अन्य कारणहरु (जस्तै: सडक दुर्घटना) पाइएको छ।
  • क्षयरोगका बिरामीमध्ये सर्ने क्षयरोग (Pulmonary Bacteriologically Confirmed-PBC) को हिस्सा ७५% रहेको छ जसले रोग सरुवाको उच्च जोखिम देखाउँछ। यधपि, Contact investigation पर्याप्त छैन; index case का सम्पर्क व्यक्तिहरुमा क्षयरोग पत्ता लगाउने काम न्यून भएकोले सम्भावित क्षयरोग केसहरु समयमै पत्ता नलाग्दा रोगको समुदायमा सरुवाको जोखिम अझ बढ्ने देखिन्छ।

नारा मात्र होइन: संरचनात्मक कदमको आवश्यकता

क्षयरोग अन्त्य गर्नका लागि केवल सचेतना कार्यक्रम र प्राविधिक “म्याजिक बुलेट” भन्दा पर जानु आवश्यक छ। यसका लागि निम्न कदमहरु आवश्यक छ:

  • समुदायमा आधारित निगरानी र केस पत्ता लगाउने प्रणाली: स्थानीय तहले शिक्षक, शैक्षिक संस्थाका प्रतिनिधी, नागरिक समाज, युवा समूह, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेर क्षयरोग केस पत्ता लगाउने प्रणाली र निगरानी बलियो बनाई छिटो उपचारको दायरामा ल्याउने।
  • सामाजिक र आर्थिक सुधार: गरिबी घटाउने र जीवनस्तर सुधार गर्ने किसिमका राष्ट्रिय नीतिहरु ल्याउने साथै क्षयरोग बिरामी लक्षित सामाजिक सुरक्षा योजना विस्तार गर्ने।
  • स्वास्थ्य सेवा पहुँच र सुविधा सुधार: स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाइ उपचार पहुँच सुनिश्चित गर्ने।
  • क्षयरोग उपचारमा हुने अप्रत्यक्ष खर्च (खाना, यातायात आदि) कम गर्ने targeted intervention अवधारणा लागू गर्ने- mobile outreach clinic सञ्चालन, Transportation allowance वा conditional cash transfer (CCT) प्रदान, Hospitalized patients का लागि subsidized food र lodging सुविधा जस्ता गतिविधि गर्न सकिने
  • राज्यले सबै नागरिकका लागि समान स्वास्थ्य सेवा सुनिश्चित गर्ने।

क्षयरोग बिरामी यी कदमहरू बिना, विश्वव्यापी प्रतिबद्धताहरू परिवर्तनकारी नबनी केवल प्रदर्शनमूलक मात्र रहनेछन्। २१औँ शताब्दीमा क्षयरोगको निरन्तर भार ज्ञान वा उपचारको अभाव भन्दा बढी सामाजिक र आर्थिक असमानताको परिणाम हो।त्यसैले, क्षयरोग रोकथामका प्रयासहरू केवल ब्याक्टेरियाको व्यवस्थापनमा सीमित नराखी, यसलाई फैलिन दिने प्रणालीहरूलाई नै चुनौती दिनु आवश्यक छ। नभए, हरेक वर्ष नयाँ नारा आउनेछ—तर वास्तविकता यस्तै रहिरहनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ