२०८१, १३ बैशाख बिहीबार

आजदेखि एसईई परीक्षा शुरु, नुवाकोटका ४ हजारभन्दा बढी विद्यार्थी सहभागी

डबली खबर     बैशाख ९ २०७९ ०७:५४

see exam
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – शैक्षिकसत्र २०७८ को एसईइ परीक्षा आज शुक्रबारबाट शुरु भएको छ । जिल्लामा २४ वटा केन्द्रबाट ४ हजार २ सय ४६ जना विद्यार्थीहरुले परीक्षामा सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटकाले जनाएको छ ।

इकाईका अनुसार परीक्षामा साधारण समुहतर्फ ४ हजार ६७ जना र प्राविधिक समुहतर्फ १ सय ४९ जना विद्यार्थीले परीक्षा दिदैँछन् । यसैगरी ग्रेडबृद्धिका लागि ३० जनाले परीक्षा दिने छन् ।

परीक्षा केन्द्रहरुमध्ये सबैभन्दा धेरै विद्यार्थी रुक्मिणी माध्यमिक विद्यालय समुन्द्रटारबाट २ सय ५७ जना विद्यार्थीहरु रहेका छन् भने सबैभन्दा कम ज्ञानज्योति माध्यामिक विद्यालय फिकुरीबाट ८९ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

सबैभन्दा धेरै विद्यार्थी बागेश्वरी माध्यामिक विद्यालयबाट ९१ जना र सबैभन्दा कम सिता माध्यामिक विद्यालय बर्सुन्चेतबाट ३ जना विद्यार्थीहरु रहेको इकाईले जनाएको छ ।

परीक्षामा प्राविधिकतर्फका १ सय ४९ जना विद्यार्थीहरुको लागि पृथ्वी माध्यामिक बिद्यालय र ग्रेड बृद्धितर्फका ३० जना विद्यार्थीहरुको लागि त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय त्रिशुली परीक्षा केन्द्र रहेको छ ।

देशभर परीक्षामा कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थीहरु सहभागी भइरहेका छन् । दुई हजार सात परीक्षा केन्द्र निर्धारण रहेको छ । परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्राले आवेदन फारम भरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top