+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा एसईईको तयारी, कहाँ–कहाँ तोकियो परीक्षा केन्द्र ?

education development and cordination nuwakot office building
डबली खबर
३ महिना अगाडी

२७ फागुन, विदुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नुवाकोटमा तयारी तीव्र रुपमा अघि बढेको छ । परीक्षा केन्द्र निर्धारणको तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ । 

यो वर्ष जिल्लामा ४ हजार २२५ जना विद्यार्थी एसईईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनीले जानकारी दिए ।

उनका अनुसार नियमिततर्फ ३ हजार १७२, प्राविधिक धारतर्फ २२६ र ग्रेडवृद्धितर्फ ८२७ जना परीक्षार्थीले भाग लिएका छन् । एसईई परीक्षाका लागि जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि २९ गतेसम्म एसईई परीक्षा हुने जनाएको छ ।

परीक्षा केन्द्र

यो पनि
आजदेखि एसईई परीक्षा शुरु, नुवाकोटका ४ हजारभन्दा बढी विद्यार्थी सहभागी

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ