१४ जेठ, विदुर । नुवाकोटको एक मात्र सिनेमा घर ‘शिवालय सिनेप्लेक्स’ आफ्नो स्थापनाको एक वर्ष पुरा गर्दैछ।
नेपाली रजतपट र सिनेमा हलहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल शिवालयले उत्कृष्ट प्रविधि, आरामदायी सिट र सर्वोत्कृष्ट श्रव्यदृश्यका कारण छोटो समयमै दर्शकको मन जित्न सफल यस सिनेप्लेक्सले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन टिकट खरिदमा छुटको योजना ल्याएको सञ्चालक सन्तोष अधिकारीले जानकारी दिए।
वार्षिकोत्सवको अवसरमा दर्शकहरूसँग खुशी साट्न सिनेप्लेक्सले विशेष ५० प्रतिशत छुटको व्यवस्था गरेको उनले बताए ।
उक्त छुट आगामी जेठ १६ गते शनिबारका दिन मात्र लागु हुनेछ।
यस विशेष अफर अन्तर्गत अब दर्शकहरूले मात्र रु. १५० मा सिनेमाको टिकट प्राप्त गर्न सक्नेछ।
शिवालयले आफ्ना नियमित तथा नयाँ दर्शकहरूलाई यो अफरसँगै नेपाली सिनेमा घरलाई माया गर्न अपिल गरेको छ।
एक वर्षको अवधिमा शिवालयले एक सय भन्दा बढी विभिन्न विधाका बलिउड र नेपाली चलचित्रका उत्कृष्ट फिल्महरू सफलतापूर्वक प्रदर्शन गरिसकेको छ।
सुविधायुक्त २४० सिटको क्षमता भएको यस सिनेप्लेक्समा दर्शकको आराम र मनोरञ्जनलाई विशेष ध्यान दिइएको छ।

प्रतिक्रिया