+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली सामुदायिकद्वारा एसईईका विद्यार्थीहरूलाई सम्मान

Trishuli Community Honors SEE Students
डबली खबर
४ मिनेट अगाडी

१३ जेठ, नुवाकोट । विदुर नगरपालिकामा रहेको त्रिशुली सामुदायिक बोर्डिङ्ग स्कुलले हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा उत्कृष्ट नतिजा हासिल गर्न सफल आफ्ना विद्यार्थीहरूलाई सम्मानित गरेका छन्।

विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई भव्य कार्यक्रमका बीच हौसला प्रदान गरिएको छ ।

विद्यार्थीहरूलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनीले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्‍जित, नुवाकोट प्याब्सनका अध्यक्ष पुरुषोत्तम अधिकारी, र विदुर नगर प्याब्सन कमिटीका अध्यक्ष रामराजा कुमाल लगायतको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एसईईका विद्यार्थीहरूका साथै शैक्षिक सत्र २०८२ मा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पनि ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ