+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ज्योति विकास बैंकद्वारा क्याम्पसलाई कम्प्युटर र प्रिन्टर सहयोग

ज्योति विकास बैंकद्वारा क्याम्पसलाई कम्प्युटर र प्रिन्टर सहयोग
डबली खबर
३ हप्ता अगाडी

६ चैत, नुवाकोट । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ज्योति विकास बैंकले बेलकोटगढी नगरपालिका–७ स्थित महादेव बहुमुखी क्याम्पसलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग प्रदान गरेको छ।

बैंकका तर्फबाट उपलब्ध गराइएको उक्त सामग्री ७ नम्बर वडाका अध्यक्ष भुवनेश्वर नेपालको उपस्थितिमा क्याम्पसका प्रमुख शंकर नेपाललाई एक कार्यक्रमबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाकी कार्यपालिका सदस्य गमला लामा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाईराम नेपाललगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

क्याम्पस प्रमुख नेपालले बैंकबाट प्राप्त सहयोगले क्याम्पसको प्रशासनिक तथा शैक्षिक गतिविधि सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले यस्ता सहयोगले ग्रामीण क्षेत्रका शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

ज्योति विकास बैंकले विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ