+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटलाई ‘डिजिटल हब’को रुपमा स्थापना गरिने: पाण्डेको

Keshav Raj Pandey CPNUML Nuwakot
डबली खबर
३ महिना अगाडी

१६ फागुन, नुवाकोट । नेकपा एमालेका तर्फबाट नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केशवराज पाण्डेले जिल्लाको सर्वाङ्गीण विकासका लागि ‘नुवाकोट ब्लुप्रिन्ट २०८२’ मार्फत् दर्शाएको छ ।

उनको यस अवधारणले परम्परागत विकासको ढाँचालाई परिवर्तन गर्दै प्रविधिमैत्री नुवाकोट बनाउने लक्ष्य लिएको छ। उनले विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै ‘डिजिटल नुवाकोट २०३०’ को मार्गचित्रलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका हुन् ।

सन् २०३० सम्ममा नुवाकोटलाई नेपालकै प्रमुख ‘डिजिटल हब’ का रूपमा स्थापित गरिने उनको बताए । यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै प्रतिव्यक्ति आयमा वृद्धि गरी जिल्लाको गरिबी न्यूनीकरणमा प्रत्यक्ष योगदान पुर्‍याउने उनको दाबी गरेका छन् ।

एजेण्डाको प्रमुख स्तम्भका रूपमा स्थानीय तहबाटै विश्वस्तरीय दूरस्थ रोजगारीका लागि युवाहरूलाई तयार गर्ने कार्यक्रम रहेको छ। जिल्लाका युवाहरू रोजगारीका लागि राजधानी वा विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमै बसेर अन्तर्राष्ट्रिय कम्पनीहरूमा काम गर्न सक्ने वातावरण निर्माण गरिने उनले बताए । यसका लागि उच्च गतिको इन्टरनेट र आधुनिक कार्यस्थलको विकासलाई प्राथमिकता दिइने जानकारी दिए ।

प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न जिल्लाका गाउँगाउँमा कोडिङ र सूचना प्रविधि प्रयोगशालासहितको प्रशिक्षण केन्द्रहरू स्थापना गर्ने पाण्डेको योजना छ। विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई प्रविधिको पहुँचमा पुर्‍याई उनीहरूलाई डिजिटल युगको प्रतिस्पर्धी बनाउन यी केन्द्रहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याई प्राविधिक शिक्षाको जग बसाल्नेछ।

पाण्डेको ब्लुप्रिन्टमा अत्याधुनिक प्रविधिहरू जस्तै बौद्धिक बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स), डाटा विज्ञान र सफ्टवेयर इन्जिनियरिङमा विशेष प्रशिक्षणको व्यवस्था गरिने उल्लेख छ। वर्तमान विश्व बजारमा यी सीपहरूको उच्च माग रहेकाले नुवाकोटका युवाहरूलाई यी क्षेत्रमा दक्ष बनाउन सघन तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ। यसबाट जिल्लाले प्राविधिक क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको नेतृत्व दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

उद्यमशीलतालाई प्रोत्साहन गर्न पाण्डेले ‘एक जिल्ला, एक स्टार्टअप’ पहलको अवधारणा अघि सारेका छन् । यसअन्तर्गत प्रविधिमा आधारित नयाँ व्यवसायहरूलाई बीउ पुँजी र ‘मेन्टरसिप’ प्रदान गरिनेछ।

नुवाकोटको कृषि, पर्यटन र जलस्रोतलाई प्रविधिसँग जोडेर नयाँ व्यवसायिक मोडेलहरू विकास गर्न युवा उद्यमीहरूलाई विशेष सहुलियत र प्रोत्साहन दिइने योजनामा उल्लेख छ।

यस योजना कार्यान्वयनका लागि पाण्डेले नीतिगत सुधार र पूर्वाधार विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ