१० फागुन, नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्वरुप आजदेखि निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतका लागि निर्वाचनसम्बन्धी तीनदिने प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षणको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश कोमलप्रसाद आचार्यले उद्घाटन गरेका हुन् ।
प्रशिक्षणमा जिल्लाका दुई निर्वाचन क्षेत्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत गरी एक हजार सात ७६१ जना सहभागी हुने जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख होमबहादुर रानामगरले बताए ।
निर्वाचन क्षेत्र नं. १ मा र २ का लागि खटिएका निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतका लागि निर्वाचनसम्बन्धी प्रशिक्षण सुरु भएको हो ।
नुवाकोट-१ मा ८६४ जना कर्मचारीहरु खटाईयो
कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ कानुनी र अन्य विविध व्यवस्थाहरु, मतदान पूर्वका व्यवस्थापकीय पक्ष र मतदान प्रक्रिया, नमुना मतदान अभ्यास र मतगणनासम्बन्धि व्यवस्थापकीय पक्ष र मतगणनाबारे जानकारी दिईने जनाएको छ ।
निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रको १ नम्बर क्षेत्रमा १४४ मतदान केन्द्र र २ नम्बर क्षेत्रमा १४९ मतदान केन्द्र तोकिएको छ।
नुवाकोट क्षेत्र नम्बर २ मा ८९७ जना कर्मचारीहरु खटाईयो
अन्तिम नामावलीअनुसार नुवाकोटमा दुई लाख ४७ हजार ८६८ जना मतदाता रहेका छन् ।