sujim bazar advert

पञ्चेबाजासहित शिक्षक अर्याललाई विदाई

अन्जान गुभाजु     फाल्गुन ६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

teacher ramshran aryal farewell
Big Education Consultancy Nuwakot

६ फागुन, नुवाकोट । विदुर नगरपालिका–१३ स्थित अजिङ्गरे माध्यमिक विद्यालयमा करिब ३८ वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित रही स्वेच्छिक अवकाश लिएका शिक्षक रामशरण अर्याललाई पञ्चेबाजासहित बिदाई गरिएको छ।

२०४४ चैत ८ गतेदेखि २०८२ कार्तिक ३० गतेसम्म सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक अर्यालले शिक्षण पेशालाई केवल रोजगारी नभई सेवाको पवित्र साधनाका रूपमा आत्मसात गर्दै हजारौँ विद्यार्थीको शैक्षिक, नैतिक र जीवन–निर्माणमा अमूल्य योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।

दीर्घकालीन निष्ठा, इमान्दारिता, अनुशासन र जिम्मेवारीबोधका साथ समर्पित उनको योगदानको कदरस्वरूप आज विद्यालय परिसरबाट पञ्चेबाजासहित भव्य बिदाई गरिएको हो।

विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा शिक्षक अर्यालप्रति सम्मान, कृतज्ञता र भावनाको अनुपम दृश्य देखिएको थियो।

बिदाईका क्रममा भावुक हुँदै शिक्षक अर्यालले भने “यो विद्यालय मेरो कर्मथलो मात्रै होइन, मेरो जीवनकै ठूलो पहिचान हो। यहाँका विद्यार्थी, सहकर्मी र अभिभावकबाट पाएको माया र सम्मान मेरो जीवनको अमूल्य पूँजी हो। औपचारिक सेवा समाप्त भए पनि शिक्षा र संस्कारप्रतिको मेरो दायित्व कहिल्यै समाप्त हुने छैन।”

शिक्षक अर्याल तस्बिर खिचाउँदै।

विशेष कुरा के छ भने, शिक्षक अर्यालले अध्यापन गराएका भूतपूर्व विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोग संकलनबाट पञ्चेबाजाको व्यवस्था गरिएको हो। भूतपूर्व विद्यार्थी श्रीकृष्ण थापाका अनुसार, साबिक कल्याणपुर–विदुर १३ क्षेत्रमा कुनै पनि शिक्षकलाई यसरी पञ्चेबाजासहित सम्मानपूर्वक बिदाई गरिएको यो पहिलो उदाहरण हो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top