sujim bazar advert

आदिवासी ज्ञान सम्मेलनमा ८१ ओटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत

डबली खबर     माघ २८, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

81 research papers presented at Indigenous Knowledge Conference
Big Education Consultancy Nuwakot

२८ माघ, काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा आयोजित तीन दिवसीय ‘नेपाल आदिवासी ज्ञान सम्मेलन–२०८२’ मंगलबार भव्यताका साथ सम्पन्न भएको छ।

“ज्ञान बाँडफाँड, सम्पदा संरक्षण र भविष्य निर्माण” भन्ने मूल नाराका साथ राष्ट्रिय सभा गृहमा आयोजित यस सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले र समापन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका थिए ।

सम्मेलनमा जलवायु परिवर्तन, आदिवासी सिनेमा, सौन्दर्यशास्त्र, महिलाको अवस्था, प्रथाजन्य कानुन र खाद्य प्रणाली जस्ता १५ वटा विभिन्न विषयगत शिर्षकहरुमा ८१ ओटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

समापनका क्रममा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सम्मेलन उपलब्धिमूलक रहेको बताउँदै प्रस्तुत कार्यपत्रहरूलाई समेटेर सरकारसमक्ष प्रतिवेदन बुझाइने र आदिवासी ज्ञानलाई नीति निर्माणमा जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले भने,‘भावी पुस्ताका लागि प्रस्तुत कार्यपत्र प्रकाशन सरकारसमक्ष प्रतिवेदन बनाएर पेश गरिनेछ । सहभागीहरु उल्लेख्य उपस्थिति ऐतिहासिक भएको छ ।  विभिन्न स्वदेश र विदेशबाट जम्मा भएका सम्पूर्णलाई धन्यवाद ।’

मूलुकलाई परिवर्तन गर्न आफैबाट सुरु गर्नुपर्ने उनले बताए  । उनले भने, ‘सरकारको नजिक रहेर काम गरेको यो प्रतिष्ठानमा ११ करोडको बजेटमा छौँ । समावेशी भवन निमार्ण भएको छ । ’ उनले प्रस्तुत कार्यपत्र सरकारसमक्ष पेश गरी आदिवासीको उत्थान गर्न पहल गर्ने प्रतिबद्धता जनाए । 

सांस्कृतिक प्रदर्शनमा सुनुवारको श्याँदर सिल–नृत्य, भोटे समुदायको स्याप्रो नृत्य, गुरुङको सोरठ्ठी, तामाङको डम्फु सेलो, राजवंशीको मौलिक नृत्य, मगरको कौराह नाच प्रदर्शन गरिएको थियो । महोत्सवमा थकाली, राई, नेवारी, शेर्पा, थारु आदिवासीको मौलिक परिकारमा पस्किएको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top