+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल हुँदै

उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल हुँदै
डबली खबर
२ महिना अगाडी

२७ माघ, काठमाडौं । सातै प्रदेशलाई समेटेर ‘भर्चुअल डिजिटल नेतृत्व संवाद’ आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालले उम्मेदवार मेला अन्तर्गत फागुनको पहिलो र दोस्रो साता उक्त भर्चुअल संवाद कार्यक्रम सञ्चालन गर्न लागेको हो।

कार्यक्रममा डिजिटल प्रविधि, डिजिटल नेतृत्व तथा नीतिगत विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी एजेण्डा, विद्यमान चुनौती तथा सम्भावित प्रभावमाथि समेत बहस हुनेछ।

कार्यक्रमअन्तर्गत कम्तीमा सातवटा भर्चुअल चरण सञ्चालन हुनेछन्। ती चरणहरूमा सातै प्रदेशका निर्वाचन उम्मेदवार, राजनीतिक नेतृत्व, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

प्रत्येक चरणमा उम्मेदवार र राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद तथा प्रश्न–उत्तर सत्रसमेत आयोजना गरिनेछ।

भर्चुअल संवादमा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा सातै प्रदेशका राजनीतिक नेतृत्व, उम्मेदवार, युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ।

भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ