sujim bazar advert

प्याब्सनको एसइई पूर्व परीक्षा सुरु

डबली खबर     माघ २२, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

see and local level examination pre test exam in Nuwakot Pabson
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२२ माघ, विदुर । नुवाकोटमा पनि शैक्षिक सत्र २०८२ को एसइई तथा पालिकास्तरीय परीक्षाको तयारीस्वरूप आजदेखि परीक्षा सुरु भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय समितिको कार्ययोजना अन्तर्गत देशभर परीक्षा सुरु भएको हो ।

विद्यार्थीहरूको शैक्षिक मूल्याङ्कन र एसइई तथा पालिकास्तरीय परीक्षाको पूर्व तयारी अनुरुप परीक्षा लिईएको प्याब्सन अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए। परीक्षा मर्यादित, व्यवस्थित र अनुशासनपूर्ण रूपमा सञ्चालन गर्न सबै केन्द्रहरूमा आवश्यक व्यवस्थापन मिलाइएको उनले जानकारी दिए ।

प्याब्सन नुवाकोटको संयोजनमा विदुर नगरपालिकामा तीन र सुर्यगढी गाउँपालिकामा एक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । जसमा सुभेनियर बोर्डिङ स्कुल, स्पार्कल इन्टरनेशनल स्कुल, अर्किड एकेडेमी नुवाकोट र नुवाकोट ग्लोरी बोर्डिङ स्कुल रहेका छन् ।

परीक्षा केन्द्रहरूमा परीक्षाको व्यवस्थापन, अनुगमन तथा सुरक्षा व्यवस्था मिलाइएको विदुर नगर प्याब्सनका अध्यक्ष रामराजा कुमालले बताए । परीक्षा केन्द्रहरूको अवस्था, विद्यार्थीहरूको सहभागिता तथा समग्र व्यवस्थापनबारे जानकारी दिँदै परीक्षालाई शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

माघ २९ गतेसम्म सञ्चालन हुने परीक्षामा ३६ विद्यालयका एसइईतर्फ तीन सय ८५ जना र पालिकास्तरीयतर्फ पाँच सय २३ जना विद्यार्थीहरुले सहभागी भएका छन् ।

प्याब्सनले आफ्ना मातहतका निजी तथा आवासीय माध्यमिक विद्यालयहरूमा प्रत्येक वर्ष एसइई पूर्व तयारी परीक्षा सञ्चालन गर्दै आएको छ।

मिति (वि.सं.)बारविषय
२०८२ माघ २२बिहीबारअंग्रेजी
२०८२ माघ २३शुक्रबारनेपाली
२०८२ माघ २५आइतबारगणित
२०८२ माघ २६सोमबारविज्ञान
२०८२ माघ २७मंगलबारसामाजिक शिक्षा
२०८२ माघ २८बुधबारऐच्छिक प्रथम पत्र
२०८२ माघ २९बिहीबारऐच्छिक द्वितीय पत्र
Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top