२ पुस, काठमाडौं । दशौं संस्करणको आइसिटी अवार्ड यहि पुस ४ गते शुक्रबार आयोजना हुँदैछ ।
सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट संस्था, उद्यम, नवप्रवर्तनकर्ता र व्यक्तित्वलाई सम्मान गर्दै गर्ने उद्देश्यले नेपालभित्र १६ विधा र एक अन्तर्राष्ट्रिय गरी १७ विधामा अवार्ड प्रदान गरिने भएको छ ।
लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा भइरहेको प्रविधि क्षेत्रको विशेष उत्सव आइसिटी अवार्डको अन्तिममा स्वदेश तथा विदेशबाट करिब एक हजार बढी विशिष्ट व्यक्तिहरूको सहभागीता रहनेछ ।
अवार्ड छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र सर्वोत्कृष्ट बनाउन सम्पूर्ण तवरबाट प्रयास गरिएको अवार्डका संयोजक राजन लम्सालले बताए । आइसिटी अवार्ड केवल एक अवार्ड कार्यक्रममात्र नभएर डिजिटल रुपान्तरण र इकोसिस्टमको सारथी भएको उनको भनाइ छ ।
हरेक वर्ष आयोजना हुने अवार्ड कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहने र गरिरहेकाहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्दै आएको छ । साथै अवार्डमा प्रतिस्पर्धामा आएका स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले थप लगानी र बजार विस्तारको लागि अवसर समेत प्रदान गरिरहेको छ । अवार्ड विजेताले ट्रफी र सम्मान प्राप्त गर्नेछन् ।





















प्रतिक्रिया