१७ कात्तिक, काठमाडौं । आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा आयोजना भएको दुई दिने प्रशिक्षण भएको छ।
कात्तिक १५ र १६ गते स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्दै नेपाल मेन्टरसँगको सहकार्यमा काठमाडौंको मैतीदेवीस्थित सनवे कजेजमा आर्किटेक्चर एज ए सर्भिस विषयमा प्रशिक्षण दिईएको थियो ।
प्रशिक्षणमा ४० बढी स्टार्टअप र इन्नोभेटरहरूले सहभागिता जनाएका थिए।
सहभागीहरूलाई एमभीपी, ग्रोथ र कम्प्लायन्स रेडी सिस्टमहरू निर्माण गर्न प्रयोग हुने रेडी–टु–यूज बोइलरप्लेट्समा व्यावहारिक ज्ञान दिइएको थियो। साथै, स्टार्टअपको ग्रोथ र दीर्घकालीन विकासमा सहयोग पुर्याउने स्केलेबल, सेक्योर र फ्यूचर–रेडी आर्किटेक्चर विकासमा परामर्श र मार्गदर्शन पनि प्रदान गरिएको थियो।
प्रशिक्षणका प्रशिक्षक आर्किटेक्चर एज ए सर्भिसमा लामो अनुभव भएका आलोक कुमार पाण्डे थिए, जससँग सूचना प्रविधि क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२५ ग्राण्ड फिनालेमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिनेछ ।
त्यसअघि, आउँदो कात्तिक २७ र २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदैछ, जहाँ १५० बढी स्टार्टअप र इनोभेसनहरू प्रदर्शन हुनेछन् । फेस्टको अवलोकन निःशुल्क गर्न सकिने छ ।

प्रतिक्रिया