+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी दिवसमा रक्तदान

14 people donate in 68th national cooperative day at blood donation program Nuwakot
डबली खबर
१ साल अगाडी

१९ चैत, विदुर । नुवाकोटमा ६८ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको छ ।

सहकारी सङ्घको कार्यालय विदुरमा भएको रक्तदानमा १४ जना रक्तदाताले रगत दान गरेका छन् ।

नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड, ६८ औं सहकारी दिवस मुल समारोह समितिको आयोजनामा र जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटको समन्वयमा भएको रक्तदान कार्यक्रममा महिला १ जना र पुरुष १३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रामराजा श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नुवाकोटद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ