+
Search

ताजा अपडेट +

पपुलर +

देवीघाट जेष्ठ नागरिक सम्मानित

Devighat citizen organization awarded with cash
डबली खबर
९ महिना अगाडी

२३ भदौ, नुवाकोट । देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई नगद पुरस्कार एक लाख रुपैँयासहित सम्मानित गरिएको छ ।

रामबाबु –ज्ञानु सामाजिक सेवा कोषले विदुर नगरपालिका-५ देवीघाटमा रहेको प्रतिष्ठानलाई नगद पुरस्कारसहित सम्मान गरिएको जनाएको छ ।

कार्यक्रममा प्राध्यापक डाक्टर केदारभक्त माथेमाले प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपाललाई नगद पुरस्कारसहित सम्मानित गरेका हुन् ।

ज्येष्ठ नागरिकको संरक्षणमा प्रतिष्ठानको कार्य विशेष, उदाहरणीय र नमूनाको रहेको कारण देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई नगद पुरस्कारसहित सम्मानित गरिएको जनाएको छ ।

आश्रममा ४० जना वृद्धवृद्धा आश्रित रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ