+
Search

ताजा अपडेट +

पपुलर +

१३ नम्बर वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा

अञ्जान गुभाजु
१ घण्टा अगाडी

असार २९, देउडी । विदुर नगरपालिका–१३ वडा कार्यालयले आजदेखि आफ्नो सेवा नव–निर्मित भवनबाट सञ्चालनमा ल्याएको छ।

यसअघि तल्लो देउडीबाट सञ्चालन हुँदै आएको वडा कार्यालयको सेवा आजदेखि माथिल्लो देउडीस्थित साविक कल्याणपुर गाविस कार्यालय रहेको जग्गामा निर्माण गरिएको नयाँ भवनबाट सुरु गरिएको वडा अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए।

नेपाल सरकारको करिब १ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनबाट वडा कार्यालयको सम्पूर्ण प्रशासनिक सेवा प्रदान गर्न थालिएको हो।

नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयका सेवाग्राहीले थप सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

अञ्जान गुभाजु

ट्रेन्डिङ