+
Search

ताजा अपडेट +

पपुलर +

वृद्धाश्रममा स्वास्थ्य तथा मनोरञ्जन सामग्री हस्तान्तरण

डबली खबर
७ महिना अगाडी

४ माघ, नुवाकोट । समाजसेवी शुक्रमान श्रेष्ठले देवीघाटमा रहेको वृद्धाश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको स्वास्थ्य र मनोरञ्जनलाई ध्यानमा राख्दै विभिन्न आवश्यक चिकित्सा सामग्री तथा मनोरञ्जनका साधनहरू प्रदान गरेका छन् ।

विदुर नगरपालिका-५ स्थित देविघाट जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरूको सहजताको लागि उक्त सामाग्री उपलब्ध गराएको उनले बताए ।

यो सहयोगबाट वृद्धाश्रममा बसोबासरत जेष्ठनागरिकहरूको दैनिक स्वास्थ्य जाँच तथा उपचारमा सहजता आउने र मनोरञ्जनका लागि टेलिभिजनमार्फत समय व्यतीत गर्न सजिलो हुने विश्वास गरिएको उनले बताए ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, स्टिमर, पल्स अक्सिमिटर, डिजिटल बी.पी. सेट लगायतका महत्वपूर्ण चिकित्सा उपकरणहरू तथा दुई थान ४३ इञ्च स्मार्ट एलईडी टेलिभिजन समावेश छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ