+
Search

ताजा अपडेट +

पपुलर +

‘होनर’को विशेष योजना साउन १५ सम्म थप

The HONOR 600 Series Offer You Loved Is Back—Now Extended Until July 2026
डबली खबर
१ दिन अगाडी

असार ३०, नुवाकोट । ‘होनर’ले आफ्नो ‘होनर-६०’० र ‘होनर-६०० प्रो’ स्मार्टफोनमा सञ्चालन भइरहेको विशेष उपहार योजना साउन १५ गतेसम्म लम्ब्याएको छ।

योजना अवधिभित्र यीमध्ये कुनै पनि मोडेल खरिद गर्ने ग्राहकले १५ हजार ९९९ रुपैँया मूल्य बराबरको ‘होनर च्वाइस वाच–२ प्रो’ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

‘होनर-६००’ शृङ्खलामा कृत्रिम बुद्धिमत्तामा आधारित तस्बिरलाई भिडियोमा रूपान्तरण गर्ने सुविधा, उन्नत सम्पादन प्रणाली तथा उच्चस्तरीय क्यामेरा समावेश गरिएको छ। यसमा सात हजार एमएएच क्षमताको ब्याट्री, ‘स्न्यापड्रागन ७ जेन–४ चिपसेट’ र ‘एमोलेड’ प्रदर्शन पर्दा रहेको कम्पनीको दाबी छ।

निःशुल्क प्रदान गरिने स्मार्ट घडीमा ‘एमोलेड’ प्रदर्शन पर्दा, ‘ब्लुटुथ कल’, स्वास्थ्य तथा तन्दुरुस्ती निगरानी र लामो समय टिक्ने ब्याट्रीजस्ता सुविधा छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ