+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला उडाउने वडा अध्यक्ष

महिला उडाउने वडा अध्यक्ष
डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निलमबाबु ढुङ्गेलले स्थानीय महिलालाई ‘उडाएका‘ छन् ।

एक स्थानीयले आफ्नो पत्नी भगाएको भन्दै आज बट्टार बजारमा वडा अध्यक्ष ढुङ्गेललाई खोज्दै तडपिंदै हिँडेका थिए ।

आफ्नो पत्नी अर्कैले नै लिएर हिँडेपछि भौंतारिदै बजारका कुनाकुना खोज्दै र जनप्रतिनिधि वडा अध्यक्ष ‘महासय’लाई गाली गलौज गर्दै हिँडेका थिए ।

यो घटना वास्तविक नभएर आज बट्टारका समुदायले गाईजात्रा मनाउने क्रममा काल्पनिक कथाको हिस्सा मात्र थियो ।

वडा अध्यक्ष ढुङ्गेल आफै महिला उडाउने पात्र र पिडित व्यक्तिको रुपमा दर्शिएका थिए । उनको कलामा दर्शकहरु मोहित भएका थिए । उनको हाउभाउमा दर्शक खुबै रमाएका थिए ।

विगतका गाईजात्रामा विभिन्न कला प्रस्तुत गर्दै आईरहेका थिए । सामाजिक विसङ्गतिलाई जोकसैले पनि खुलेर विरोध गर्न सक्नुपर्ने सन्देश दिएको वडा अध्यक्ष ढुङ्गेलले बताए।

देशभर विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि नुवाकोटको बट्टारमा आज पृथक कला प्रस्तुत भएको थियो।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ। आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ।

हास्यव्यंग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ