sujim bazar advert

विदुर सिटिको अध्यक्षमा श्रेष्ठ

डबली खबर     पुस २२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

bcyc nepal bod member 2080
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – गैरसरकारी संस्था विदुर सिटि युथ क्लबको अध्यक्षमा सुनील श्रेष्ठ चयन भएका छन् ।

संस्थाको तेस्रो अधिवेशनबाट श्रेष्ठ पुन: अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

संस्थाको उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा प्रदीपकुमार पण्डित, सहसचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सुजनकुमार श्रेष्ठ, नरेश थापा, वर्षा नेपाल, निरोज बस्नेत, पुष्प श्रेष्ठ र प्रकाश आचार्य रहेका छन् ।

संस्थाको सरसफाई महाअभियानलाई आगामी कार्यक्रम अन्तर्गत निरन्तता दिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले संस्कृति तथा शिक्षा, खेलकुद तथा स्वास्थ्य र पूर्वाधार तथा विकास उपसमिति समेत गठन गरेको छ ।

संस्थाले सदरमुकाम विदुरलाई मुख्य क्षेत्र बनाई विदुर नगरपालिका क्षेत्रभित्रका समान संस्थाहरुसँग समन्वय र सामाजिक कार्य गर्दै आईरहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top