sujim advert

सरसफाई सप्ताह महाअभियान २०७४ को नवौं संस्करण सम्पन्न

    कार्तिक १८, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

सुनील श्रेष्ठ / विदुर नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक तथा धार्मिक स्थल सरसफाई गर्ने उद्देश्यले विदुर सिटी युथ क्लबको आयोजनामा जिल्ला (त्रिशुली) अस्पताल र नुवाकोट सितेरियो कराँते प्रशिक्षणको सहयोगार्थमा सरसफाई सप्ताह महाअभियान २०७४ को नवौं संस्करण आज सम्पन्न भएको छ ।

कार्यक्रममा अस्पताल हाताभित्र रहेको झारी कटान, फोहोर संकलन, पथमार्ग सफाई र जल्ने फोहोरलाई नस्ट गरेको क्लबले जनाए ।

अस्पतालको हाताभित्र रहेको अव्यवस्थित फोहोरले सेवाग्राहीको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुनाले यस सरसफाई कार्यक्रम संचालन गरेको क्लबले बताए ।

क्लबले आयोजना गरेको सरसफाई महाअभियानमा जिल्लाकै एक मात्र सरकारी अस्पताललाई प्राथमिकता दिएर गरिएको सरसफाई कार्यक्रमलाई अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले क्लबलाई धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

कार्यक्रममा डाक्टर राजेन्द्र लामा, नुवाकोट सितेरियो कराँते प्रशिक्षणका प्रशिक्षक उत्तम राई तथा खेलाडीहरु, सारथी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुदिप श्रेष्ठ, कोलनी युथ सर्कलका सदस्यहरु लगायतको उपस्तिथी रहेको थियो ।

 

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top