sujim bazar advert

लागूऔषध दुर्व्यसनी विरुद्ध प्रभातफेरि

    जेष्ठ १७, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

no tobacco rally bcycnepal nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट / आज विश्व धुम्रपान दिवसको अबसरमा नुवाकोटमा विदुर सिटि युथ क्बलले जनचेतनामुलक प्रभातफेरि गरेर मनाईएको छ । विदुर नगरपालिका वडा नं. ४ बट्टार क्याम्पसगेटदेखि विदुरको बाल मन्दिरसम्म प्रभातफेरि गरेर मनाईएको हो ।

कागजको पानाभित्र भरीएको सुर्तिको कसबाट निस्किने निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गरिएको छ । जिल्लामा पछिल्लो समय त्यसमा पनि सदरमुकाम केन्द्रित भएका युवा वर्ग धुम्रपान दजन्य कुलतमा लागे पश्चात् जनचेतनाका लागि लियो क्लब अफ नुवाकोट परोपकार, सामर्थ्य नेपाल नुवाकोट, दारी ग्याङ्ग नुवाकोट, समृद्ध नुवाकोटको सहआयोजनामा भएको थियो ।

प्रभातफेरिपछि कार्यक्रममा बोल्नुहुदै जिल्ला प्रशासन नुवाकोटका प्रशासकिय अधिकृत धर्मराज भट्टले समाजबाट धुम्रपान अन्त्य गर्नको लागि यस्ता प्रभातफेरि हरेक समय आवश्यक रहेको बताउनुभएको छ । लागु औषधले निकै भयानक दुष परिणाम निम्त्याएकोमा चिन्ता व्यक्त गदै उहाले समाजमा हुने हत्या हिंसाको अन्त्य गर्नको लागि पनि समाजकै युवा वर्ग त्यस तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

धुम्र अर्थात धूँवाजन्य वस्तु अनि पान अर्थात सेवन, यसअर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिडी लगायत अन्य धेरै धूँवाजन्य उपभोगका बस्तुले स्वास्थ्यमा गर्ने हानीका बारेमा आज संसारभरी जनजागरण फैलाईने गरीएको छ ।

विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले यस्ता कार्यक्रम वार्षिक रुपमा एउटा दिवसको रुपमा मात्र नभई समय अनुसार स्थानिय युवाहरुकै अग्रसरतामा यस्तो कार्यक्रम गर्न सकेमा स्थायितहबाट नै दुर्व्यसनीको समस्या लाई निराकरण गर्न सकिने बताउनुभयो । चेतनाको अभावका कारणले त दुर्व्यसनीमा मानिस लाग्छन नै तर शिक्षित युवा वर्ग पनि त्यसको सिकार बनिरहेको समयमा सामाजिक कार्यमा आबद्ध रहेका संघ/संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रभातफेरिमा प्रहरी नायवनिरीक्षक भिमलाल भट्टराई, ट्राफिक प्रमुख बिकल भट्टराई, जिल्ला अस्पताल नुवाकोटका सुपरिटेन्डेन देवकि पौडेल सामुदायिक प्रहरी, त्रिशुलि मेडिकल  इन्स्टिच्युट, जिल्ला स्वास्थ्य कार्यालय, चक्रदेव पोलिक्लिनिक, नेपाल सितेरियो कराँते संघ नुवाकोट लगायतको समन्वयमा भएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top