विदुर / हिन्दुहरुको महान् चाड दिपावली तथा नेपाल सम्बत् ११३९ को अवसरमा मोटरसाइकल र्याली भएको छ ।
विदुर सिटी युथ क्लबले आयोजना गरिएको र्यालीमा मोटरसाइकलमै चढेर विदुरका सम्पूर्ण स्थानमा पुग्न सकिने गरि “रोडम्याप” अनुसार वृन्द्रलामार्गमा रहेको सुखद पाहुना घरबाट सुरु भएको र्याली लोकतान्त्रिक चौतारा, सिमचौर जहाँ सहभागीहरुले मौलिकता झल्कने रोटेपिङ खेल्दै, ढुंगेको गणेस्थान भइ विदुरको सिरको रुपमा रहेको वनदेवी मन्दिरलगायत विदुरका सम्पूर्ण स्थानमा पुगी समापन भएको थियो ।
कार्यक्रममा विदुर नगरपालिका-४ का वडासदस्य वसन्त रिजाल, विनपा-२ का वडासदस्य राधाकृष्ण भण्डारी, प्रदेश नं. ३ होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका संयोजक सन्तोष उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
त्रिशुली अटो (यामाहा शोरुम) र विदुर कर परामर्श सेवाको प्रायोजन, भट्भटे एक्सप्रेस (गन्तव्यको साथी), सुखद पाहुना घर र त्रिशुली वेबको सह-प्रायोजनको साथै डबली खबर अनलाईन पत्रिका मिडिया पार्टनर रहेको थियो ।
कार्यक्रममा ६० वटा विभिन्न ब्राण्डका मोटरसाइकल तथा ६ बालबालिका सहित १ सय ४ जनाले सहभागिता जनाएको कार्यकम संयोजक सुनील श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमले विदुरको पर्यटन विकासमा टेवा पुग्नुको साथै मोटरसाइकल ट्रयाकको रुट समेत बनेको क्लबले जनाएकाे छ ।
प्रतिक्रिया