sujim advert

बदर मत रोक्न विदुर सिटीका युवाहरुको नमूना मतदान

    मंसिर ४, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी विदुर सिटी युथ क्लब र जेसीआई नुवाकोटको संयुक्त आयोजनामा शनिबार नमुना मतदान भएको हो ।

विदुर र बट्टारमा गरिएको कार्यक्रममा निर्वाचन आयोग, नुवाकोटका अधिकारी जनार्दन अधिकारीको उपस्थिति रहेको थियो । मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएकोमा क्लबलाई धन्यवाद ज्ञापन गरेको थियो । उनले नमूना मतदानले बदर मतको संख्यालाई न्यूनीकरण गर्न समेत सहयोग पुग्ने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत हाल्ने तरिका सम्बन्धमा मतदातालाई सुसुचित गराउने उद्देश्यले नमुना मतदान गरिएको क्लबले जनाए । नमुना मतदानमा मतदाताको नाम रुजु गर्ने, प्रतिनिधिसभा, प्रदेशसभा र दुईओटै सभाका लागि समानुपातिकतर्फ मतदान गर्ने विषयमा जानकारी समेत गराइएको थियो ।

नमुना मतदानमा मतदाता शिक्षाको लागि खटाईएका सामाजिक परिचालिका र नुवाकोट आयोनका सदस्यहरुको सहयोगार्थ सम्पन्न भएको कार्यक्रममा विदुर नगरपालिका वडा नं. २ र ४ का सदस्यहरु, संचारकर्मी लगायत गरि १०० जनाले मतदान अभ्यास गरेका थिए ।

दुवै सभाका लागि हुन लागेका निर्वाचनमा तीनवटा मतपत्र रहनेछन् – प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि सेतो कागजमा हरियो मसिले छापिएको र प्रदेशसभाका लागि सेतो कागजमा कालो मसिले छापिएको छुट्टाछुट्टै मतपत्र रहनेछन् भने समानुपातिकतर्फ एकै मतपत्रमा तल र माथि गरि दुई ठाउँमा दुई सभाका लागि सेतो कागजमा रातो मसिले छापिएको मतपत्र रहनेछन् ।

विदुर कार्यक्रम

bcyc-nepal-nuwakot-elction-bidur

बट्टार कार्यक्रम

bcyc-nepal-nuwakot-elction-battar

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top