sujim advert

जयगणेश सहकारीले कर्जा लगानी ८ करोड पुर्याउने

डबली खबर     अशोज २२, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

jaya ganesh cooperative in nuwakot agm
bidur tax consultancy services in nuwakot

नुवाकोट – जयगणेश बहुउद्देश्यीय सहकारी संस्था लि.ले चालुआर्थिक वर्षमा कर्जा लगानी आठ करोड पुर्याउने योजना बनाएको छ । सहकारीले चालुआर्थिक वर्षमा शेयर पूँजी र निक्षेप संकलन ३/३ करोड र कर्जा लगानीमा वृद्धि गरी ८ करोड पुर्याउने योजना बनाएको प्रविदनमा उल्लेख छ ।

सहकारीको कार्यालय विदुरमा भएको १७ औं वार्षिक साधारणसभा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले ६ करोड १४ लाख ४४ हजार सात सय ७१ रूपैयाँ कर्जा लगनी गरेको छ । सहकारीको शेयरपूँजी दुई करोड ७१ लाख ७४ हजार एक सय, निक्षेप संकलन दुई करोड ३० लाख ३९ हजार आठ सय ११ र मुनाफा ११ लाख ९७ हजार सात सय रूपैयाँ रहेको छ ।

सहकारीको साधारणसभाले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गर्दै चालु तथा आगामी आर्थिक वर्षको योजना समेत पारित गरेको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष बैकुण्ठ मिश्रले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए । सचिव प्रकाशकुमार अधिकारीले सचिवको प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक नवदीप श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष लिस्ना पधानले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष बैकुण्ठ मिश्र र संस्थाका शेयर सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटाले संयुक्तरुपमा उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेका थिए ।

हाल सहकारीमा चार सय १८ जना शेयर सदस्य रहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top