२०८०, १५ चैत्र बिहीबार

‘देऊ न माया नम्बर’ को म्युजिक भिडिओ सार्वजनिक

डबली खबर     आश्विन १० २०७९ २०:०२

deuna maya number tara adhikari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – गीतकार तारा अधिकारीको शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । भिडिओ निर्देशन अधिकारी आफैले गरेकी छन् ।

किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ । कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

भिडिओ गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ ।

गीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडिओमा अभिनय गरेका छन् । म्युजिक भिडिओमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडिओ गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडियो हो ।

गीतकारको रुपमा चर्चा कमाईसकेकी अधिकारीको अबको लक्ष्य निर्देशनमा पनि सफल हुने रहेको छ । उनले निर्देशन गरेको यो भिडियो पनि कलात्मक, नौलो स्वाद र मौलिकताले भरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top