२०८०, ६ चैत्र मंगलवार

दियो पाठशालाको मासिक बिल ‘फोनपे’ र ‘ई-सेवा’बाट भुक्तान गर्न सकिने

डबली खबर     श्रावण २३ २०७९ १५:१७

diyo pathshala montessori fonepay esewa khalti
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । विदुर नगरपालिका विदुरमा रहेको दियो पाठशाला मन्टेश्वरीको शुल्क भुक्तानी फोनपेई-सेवाबाट गर्न सकिने भएको छ। अनलाइन शुल्क भुक्तानीको सेवा सुरू भएसँगै अब अभिभावकले घरबाटै आफ्ना नानीबाबुहरूको स्कुलको शुल्क भुक्तान गर्न सक्नेछन् ।

क्यासलेस कारोबारको लागि अनलाइन भुक्तानीको सेवा सुरू गरिएको विद्यालयका प्रिन्सिपल पम्फा श्रेष्ठले बताईन् ।

अनलाइन भुक्तानीको सेवा सुरू भएसँगै अब मन्टेश्वरीका विद्यार्थीका अविभावकले आफ्नै मोबाईल तथा नजिकको ई-सेवा जोन तथा पोइन्टबाट शुल्क भुक्तानी गर्न सक्नेछन् ।

साथै फोनपेमा आबद्ध रहेका २४ वाणिज्य बैंक, १४ विकास बैंक, ११ बित्तिय संस्था, ६ सहकारी, सेलपे, आईएमई पे, प्रभु पे लगायतका मोबाईल एपबाट पनि मन्टेश्वरीको फोनपे कोड स्क्यान गरी बिल भुक्तानी गर्न सकिनेछ ।

यस अघि मन्टेश्वरीले डिजिटल वालेट “खल्ती” सँग सहकार्यमा बिल भुक्तानीलाई डिजीटल गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top