नुवाकोट – विदुर नगरपालिकाको विदुरमा रहेको दियो पाठशाला मन्टेश्वरीको शुल्क भुक्तानी डिजिटल वालेट खल्तीबाट गर्न सकिने भएको छ।
अनलाइन शुल्क भुक्तानीको सेवा सुरू भएसँगै अब अभिभावकले घरबाटै आफ्ना नानीबाबुहरूको स्कुलको शुल्क भुक्तान गर्न सक्नेछन् ।
अनलाइन भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा खल्तीका पब्लिक रिलेसन म्यानेजर अनुबित खड्का र मन्टेश्वरीका कार्यक्रम संयोजक सुनील श्रेष्ठबीच सम्झौता भएको हो।
प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले विद्यार्थीको मासिक शुल्क डिजिटलको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरु गरिएको मन्टेश्वरीका कार्यकारी निर्देशक पूर्णलाल श्रेष्ठले बताए ।
अनलाइन भुक्तानीको सेवा सुरू भएसँगै अब दियो पाठशाला मन्टेश्वरीका विद्यार्थीका अविभावकले आफ्नै मोबाईल तथा नजिकको खल्ती पसलबाट शुल्क भुक्तानी गर्न सक्नेछन् ।
खल्ती एप डाउनलोड गर्न
आईओएस (आईफोनको लागि) : https://apps.apple.com/us/app/khalti/id1263400741?ls=1
एन्ड्रोएड: https://play.google.com/store/apps/details?id=com.khalti
बिल तिर्ने तरीका
- आफ्नो मोबाइलमा माथिको लिंकबाट “खल्ती एप” राख्नुहोस् ।
- आवश्यक प्रक्रियागत खल्तीमा खाता खोल्नुहोस् ।
- त्यसपछि खल्तीकप होम स्क्रीनमा रहेको “School/College Fee” मा जानुहोस् ।
- दिईएको अप्सनको “मन्टेश्वरी”मा ट्याब गर्नुहोस् ।
- स्क्रीनको तल रहेको “Search” मा गएर “Diyo Pathshala” सर्च गर्नहोस् ।
- त्यसपछि आफ्नो बालबालिकाको मासिक शुल्क बुझाउनको लागि दिईएको फर्म भरी “Pay” गर्नुहोस् ।
माथिको शुल्क तिर्न आफ्नो “खल्ती” वालेटमा “Balance” हुनुपर्दछ। जसको लागि तपाईले आफ्नो बैंकबाट “Fund Load” गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया