२०८१, ६ बैशाख बिहीबार

बट्टारमा शुक्रपथ सहकारीको सेवा केन्द्र

डबली खबर     असार १ २०७९ १२:३०

shukrapath sahakari cooperative nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नुवाकोटको बट्टारमा आफ्नो सेवा केन्द्र सञ्चालन ल्याएको छ । नुवाकोटको सेवा केन्द्र सहित सहकारीको १० वटा सेवा केन्द्र पुगेको छ ।

केन्द्रले गत असोजदेखि सञ्चालनमा रहेतापनि औपचारिक उद्घाटन भने गत शुक्रबार विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले गरेकी हुन् । सहकारीको उद्घाटन गर्दै उपमेयर बोगटीले सरकारको निति अनुसार सहकारी संस्थाहरुलाई बलियो बनाएर अर्थतन्त्रलाई जोड्नु पर्ने बताईन् । उनले सहकारीले देशको अर्थनिती लाईसहयोग गर्ने गरी काम गरेको बताईन् ।

सहकारीका अध्यक्ष नरेन्द्र बिष्टले शुक्रपथ सहकारीलाई देशकै नमुना र उत्कृष्ट संस्था बनाउने लक्ष्य रहेको बताए । उनले स्थानिय तहसँग सहकार्य गरि उत्पादन र बजारिकरणमा सहकारी अगाडि बढ्ने विचार राखे ।

२०६७ सालमा काठमाडौबाट सेवा सुचारु गरेको सहकारीले १२ अर्ब भन्दा माथीको कारोबार गरिसकेको छ ।

गत असोजदेखि संचालनमा आएको नुवाकोट सेवा केन्द्रले ५ करोड भन्दा माथिको कारोबार र १५ सय भन्दा बढि सदस्यहरु जोडीसकेकोे नुवाकोट सेवाकेन्द्रका शाखा प्रमुख जयबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top