२०८१, १५ बैशाख शनिबार

साहित्यकार बाजेको ‘माउसुलीको पुच्छर’ कृति लोकार्पण

डबली खबर     बैशाख १ २०७९ १८:३२

Mausuliko Puchchar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – साहित्यकार रामहरी रिमाल “बाजे”को ‘माउसुलीको पुच्छर’को आज लोकार्पण गरिएको छ ।

नुवाकोट साहित्य संगमको वार्षिकोत्सव अवसरमा आज बिहिबार आयोजित एक कार्यक्रमका बिच प्राध्यापक डा. मोहन तिमिल्सिनाले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. तिमिल्सिनाले समाजमा विकृती र विसंगतिले समाज परिस्कृत भईरहेको बताए । देशका लाखौँ युवाशक्ति विदेशमा रहेको र भविष्यमा देशमै फर्कने भएकोले सरकारले समयमै यस विषयमा सोच्नुपर्ने बताए । पैसा दिएर सम्मान लिने प्रवृत्तिको हावी भईरहेको परिस्थितिमा नुवाकोट साहित्य संगमले गरेको योगदानको चर्चा गरे ।

कार्यक्रममा साहित्यकार रिमालले जीवनमा अघि बढ्ने मानिसले खुट्टा तान्ने र पुच्छर समात्नेलाई कहिले फर्कन नहुने र पछाडि फर्केर हेरिएमा बदलाको भावना जाग्ने र समाजमा खलबलीको सिर्जना हुने व्यङ्ग्यात्मक र भावनालाई कृतिमा समावेश गरिएको बताए ।

साहित्यकार तथा समाजसेवी रिमाल साहित्यको साथै समसामयिक विषयमा कलम चलाउँदै आईरहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top