२०८१, १२ बैशाख बुधबार

प्रजातन्त्र दिवसमा दिनभर कल नि:शुल्क, रिचार्जमा डाटा बोनस

डबली खबर     फाल्गुन ६ २०७८ १७:५७

nepal telecom volte free call
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल टेलिकमले शनिबार दिनभर भ्वाइस ओभर एलटीई (भीओएलटीइ) सेवा नि:शुल्क पाईने भएको छ ।

टेलिकमले भोलि फागुन ७ गते मनाईने ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका लागि भन्दै भीओएलटीइमा कल निःशुल्क प्रदान गर्ने र एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध हुने बताएको हो । उक्त अफर शनिबार एक दिनका लागि मात्रै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टे सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने २ सय देखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र रु. ५ सय वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top