२०८१, १२ बैशाख बुधबार

वर्ल्डलिंक निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउँदै

डबली खबर     माघ ९ २०७८ ०८:१९

Logo of Worldlink Communication ISP
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ग्राहकलाई निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउने भएको छ । 

सिंगल ब्याण्ड राउटर प्रयोग गरिरहेका ग्राहकलाई वर्ल्डलिंकले निःशुल्क डुअल ब्याण्ड राउटर दिने भएको हो । कुनै अतिरिक्त शुल्क बिना कम्पनीको नजिकको शाखाबाट डुअल ब्याण्ड राउटर लिन सकिने वर्ल्डलिंकले जनाएको छ । 

तर यो सुविधा वर्ल्डलिंकका सबै ग्राहकले नपाउने कम्पनीले जनाएको छ । राउटर अपग्रेडका लागि मोबाइलमा एमएसएम पाएका ग्राहकले मात्रै यो सुविधा पाउने छन् । 

वर्ल्डलिंकले हाल ६०० एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ भने आफ्नो न्युनतम इन्टरनेट स्पीड १५० एमबीपीएस कायम गरेको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top