+
Search

ताजा अपडेट +

पपुलर +

फेसबुक कम्पनी अब “मेटा”

facebook renames itself meta in effort to build sci fi like
डबली खबर
४ साल अगाडी

सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले कम्पनीको नाम ‘मेटा’ राखेको हो । बिहीबार फेसबुक कम्पनीले आफ्नो नाम मेटा राखेको घोषणा गरेको हो । अब संसारलाई ‘मेटाभर्स’ मा थ्रीडीमार्फत् जोड्ने फेसबुकले जनाएको छ।

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् सन्देश जारी गर्दै फेसबुकले ‘सामाजिक सञ्जालको नयाँ अध्यायमा स्वागत’ गरेको छ।

फेसबुकले नाम परिवर्तन गरे पनि ‘फेसबुक’, ‘इन्स्टाग्राम’, ‘मेसेन्जर’ र ‘ह्वाट्एप’ एपका नाम भने परिवर्तन नगरेको जनाएको छ।

योसँगै कम्पनीले आफ्नो नयाँ लोगो पनि सार्बजनिक गरेको छ । फेसबुकमाथि अहिले पैसा कमाउन अनैतिक काम गरेको, गलत कुरालाई प्रोत्साहन दिएको, हिंसा रोक्न असफल भएको, प्रयोगकर्ताको सुरक्षालाई ध्यान नदिएको र प्रयोगकर्ताको सूचना बेचेर पैसा कमाएको जस्ता आरोप लागेको बेला नयाँ नाम दिएर कम्पनिलाई अगाडि बढाउने प्रयास गरिएको बताइएको छ ।

फेसबुकलाई विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालमा स्थापित छ । यसका करिब ३ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ