२०८१, ८ बैशाख शनिबार

सहकारीले सहकारी बैंकबाट नयाँ नोट साट्न सक्ने

डबली खबर     आश्विन १२ २०७८ १३:४१

nepali rupees new 2021
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल राष्ट्र बैंकले देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज ४ देखि ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले सीधै नयाँ नोट वितरण नगर्ने बैंकले जनाएको छ । राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई नयाँ नोट दिनेछ र सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकमा गएर नयाँ नोट लिन पाउने छन् ।

राष्ट्र बैंकले २३ करोड ५० लाख रुपैयाँ बराबरको नयाँ नोट सहकारी बैंकलाई उपलब्ध गराएको छ । सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराइको छ ।

धेरै भिडभाड भएको र झन्झटिलो भएकाले सिधै सहकारी संस्थाहरुलाई रकम वितरण नगरिने जनाएको छ ।

अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । कार्यालयको चिठी लगेर सहकारी संस्थाहरुले नयाँ नोट साट्थे र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँथे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top