sujim bazar advert

आइएमई पेको अफर

डबली खबर     भदौ १७, २०७८

Sizen Education Consultancy Pvt. Ltd.

ime pay qr scan
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं – आईएमई पे एपको क्युआर स्क्यानबाट भुक्तानी गर्दा पुरस्कार जित्न सकिने भएको छ । ‘एप एक क्यु आर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा १ हजार रुपैयाँसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ ।

कम्पनीले उक्त योजना १६ भाद्र देखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।

‘आइएमई पे’ को बारेमा

‘ आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top