+
Search

ताजा अपडेट +

पपुलर +

रक्तदानको महत्व

aruna pyakurel
डबली खबर
५ साल अगाडी

म यहाँ
जिन्दगीसँग लड्छु!
कोही मृत्युसँग जुद्धै छ!
भिख जीवनको माग्न,
लाचार रित्तो पैताला कुद्दैछ!
उसका ठेस लागेका बुढी औंला
अनि, बाबुको मुर्छित शरीर
छताछुल्ल रगतमा निथाचुर्न,
एक पोका रगतको भोको हुँदैछ!
म त,
थोपा एकले अनेक बनाउँला!
म आज लड्दा भिजेको सानो रुमाल-
भोलि अरु रुझ्दालाई स्याहारि राखौला!
ऊ त
दश बल्ड्याङ खाएर उठेको रे!
हात काँधमा-
होष साँधमा टुटेको रे!
थिए म निःशब्द सुनेरै,
उसको त वाक्य
दिन पाँच पछि बल्ल फुटेको रे!
मेरो शरिरले
गरेको रगतको जोहो
उसको लागि अमृतजल बन्छ भने,
आधा लिटरभन्दा कम मेरो रगतले
जिन्दगी उसको अमर बन्छ भने,
मेरो नाडीमा कुद्ने रगतपनि
कति रमाउदै बाहिर निस्कँदो हो!
उसको शरीरमा सर्लक्क मिसिंदा
अपरिचित साथीसँग कति जिस्कँदो हो!
म हरदिन,
खाने जोहो गर्छु।
ऊ बाबुका लागि जिन्दगी जोहो गर्दैछ।
बाबुको एक मुठ्ठी स्वासको लागि,
आफ्नै जीवन हरदिन मार्दैछ।
तिमीसँग मनवता थोरै छ भने-
उसको बाबुका रक्तनलीले
थोरै तिम्रा पनि सहारा पाऊन्।
उसले त भाग आफ्नो सम्पूर्ण सुम्पियो,
अब हातका तिम्रा नसापनि प्रष्ट अघि आऊन्।
आउ है तिमी पनि!
एक पोका रगतले
कसैको सर्वस्व धान्छ।
खेल समयको न हो-
ढिलो पलभरकै भए
उसको सर्वस्व लान्छ।
म पनि, तिमी पनि,
ऊ झन उसैको लागि,
दान यो रगतको, सम्मान यसर्थ!
भोलि दानमा पाएका जीवनहरू
फुलवारीमा नाच्नेछन् तसर्थ!!

-बिदुर नगरपालिका-१०, गेर्खुटार

यस कविताले गत जेष्ठ ३१ गते नेपाल रेडक्रस सोसाइटी बागमति प्रदेशले बिश्व रक्तदाता दिवसको अवसरमा आयोजित प्रदेशस्तरीय कविता प्रतियोगितामा प्रथमस्थान हासिल गर्न सफल गरेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ