२०८१, १४ बैशाख शुक्रबार

“बाँदरको जमात र अमृत पानको सपना”

कोमल ओली     असार २१ २०७८ १८:३७

komal oli
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्ष्याको भट्टीमा आफैंलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेवारिसे बाँदर विनाशका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरवास बन्न सक्थे ।
आखिर बाँदर न हुन्,
भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको । ।।
बाँदरहरू खेती गर्देनन्, बाली बिनास गर्छन् ।
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।

राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गरेकी हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top