२०८१, ४ बैशाख मंगलवार

सुबिसु केबल नेटका अध्यक्ष पराजुलीलाई यस वर्षको नेश्नल आईसिटी एक्सिलेन्सी अवार्ड

डबली खबर     बैशाख २० २०७८ ०६:२६

sudheer parajuli subisu cable net nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट प्राप्त गरेका छन् । सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’बाट सम्मानित गरेको हो । पराजुली इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष पनि हुन ।

नेपालमा इन्टरनेट सेवाका विस्तार तथ आइसिटी क्षेत्रको प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको भन्दै पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको जनाईएको छ । सन् २००१ मा ५ जना साथीहसँग मिलेर सुरु गरेको सुविसुले हाल १६ सय बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । पराजुली प्रविधि क्षेत्रमा नेपाली जनतालाई उच्च गतिको इन्टरनेटको पहुच पु¥याउन लागि परेका छन् । इन्टरनेटसँगै केवल टेलिभिजन प्रदान कम्पनीमा सुविसु पहिलो सेवा प्रदायक पनि हो ।

सुधिर पराजुली अहिले उद्योग वाणिज्य महासंघमा आइसिटी कमिटीका उपसभापति पनि छन् । नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीति निर्माण गर्न पराजुलीको महत्वपूर्ण योगदान रहेको छ । नेपालमा नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय मापदण्डको पहिलो डेटा सेन्टर स्थापना गरि सफलतापुर्वक सञ्चालन उनी सफल भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top