sujim advert

बैशाख २८ गतेदेखि ‘क्यान इन्फोटेक’ आयोजना हुने

डबली खबर     चैत्र १, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

can info tech 2021
bidur tax consultancy services in nuwakot

काठमाडौं – सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा रहेको ‘क्यान इन्फोटेक-२०२१’ आगामी वर्षको बैशाख २८ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

आईतबार आयोजित पत्रकार सम्मेलनमा २७औं संस्करणको ६ दिनसम्म सञ्चालन हुने इन्फोटेक जेष्ठ २ गते समापन हुने आयोजक क्यान महासंघका अध्यक्ष नवराज कुवँरले जानकारी दिए । इन्फोटेकको लागि स्पोन्सर र स्टल खुल्ला रहेको जानकारी गराएका छन् ।

इन्फोटेकमा सर्वसाधारणको लागि एकसय र विद्यार्थीको लागि ५० रुपैंयाँ तोकिएको छ। यसपटकको इन्फोटेक टिकट पेपरलेस गरिने जनाएको छ। सरकारी तथा सामुदायिक संस्थाको पत्रको आधारमा निशुल्क प्रवेश गराईनेछ ।

क्यान महासंघले आयोजना गर्दै आइरहेको इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका विभिन्न उत्पादन सामाग्री तथा सेवाहरु प्रदर्शनीमा रहनेछन् । नयाँ प्रविधिहरु अवलोकन गर्न लाखौ मानिसहरु क्यान इन्फोटेक आउने गरेका छन् ।

यस वर्षको इन्फोटेक कोभिड-१९ को कारण केहि महिना पछाडी आयोजना हुन लागेको हो । गतवर्ष फागुन २ गतेदेखि ६ दिनसम्म आयोजना भएको इन्फोटेक यस वर्ष झण्डै ३ महिनापछि आयोजना हुन लागेको छ । गत वर्ष विभिन्न मितिमा सातै प्रदेशमा इन्फोटेक आयोजना गरिएको थियो ।

प्रभु पे शिर्ष प्रायोजक रहेको इन्फोटेकमा वर्डलिंक इन एसोसिएसनमा रहेको छ । यसैगरी अन्य स्पोन्सर र स्टलको लागि क्यान महासंघले आइतबारदेखि बुकिङ खुल्ला गरेको छ । 

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top