२०८०, ६ चैत्र मंगलवार

क्यान महासंघको २७औं साधारण सभा सम्पन्न, पर्सा उत्कृष्ट शाखा

डबली खबर     फाल्गुन १७ २०७७ १५:४२

computer can nepal agm 2020
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – शनिबार काठमाडौंमा आयोजित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको २७औं साधारण सभा सम्पन्न भएको छ ।

समारोह सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा भएको थियो।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरस महामारीले आमजनजीवन र व्यवसायलाई नराम्ररी प्रभावित गरे पनि सूचना प्रविधि व्यवसायका लागि यसअघि कहिल्यै नदेखिएको सम्भावनाको ढोका खोलेको बताए । ‘सूचना तथा सञ्चार प्रविधिमा हामीले यसअघि कहिल्यै नदेखेको वृद्धि र विकास देखिरहेका छौं । धेरै व्यवसाय, गतिविधि तथा कारोबार अनलाइनबाटै सञ्चालन भएका छन्, त्यसैले म सरकारसँग सूचना तथा सञ्चार प्रविधिको उच्च विकासका लागि सबल र उन्नत पूर्वाधार खडा गर्न आग्रह गर्छु,’ उनले भने ।

सरकारलाई त्यस्ता कार्यमा सघाउन र आवश्यक परामर्श गर्नका लागि क्यान महासंघ सदैव तयार रहेकोे पनि उनले बताए । तत्कालका लागि बैंकिङ, यातायात, राजस्वलगायतका क्षेत्रलाई पूर्णरुपमा डिजिटाइज्ड गर्नुपर्ने र यसले लागत र भ्रष्टाचार दुवै कम गर्ने उनको भनाइ छ ।

कोभिड महामारीका कारण क्यानका कतिपय कार्यक्रम हुन नसकेको उनको भनाइ छ । पुस, माघमै सम्पन्न गर्नुपर्ने क्यान इन्फोटेक करिब तीन महिना पर धकेलिएको छ भने प्रदेश स्तरमा गर्ने भनिएको इन्फोटेक यो वर्षका लागि स्थगित गरिएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सूचना प्रविधि क्षेत्र अझै सरकारको प्राथमिकतामा नपरेको बताए । काभ्रेस्थित आईटी पार्कको उपयोग हुन नसक्नु तथा आईटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति नआउनुले त्यस्तो संकेत गरेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि क्षेत्रको विकास र त्यसको प्रयोगबिना शिक्षा, स्वास्थ्य र अन्य व्यवसायले गति लिन नसक्ने बताए । उनका अनुसार डिजिटल पेमेन्ट अहिलेको सबैभन्दा आवश्यकताको क्षेत्र हो र त्यसका लागि सरकारले अझै सहजीकरण गर्नु र ठोस नीति ल्याउन आवश्यक देखिएको छ । सूचना तथा सञ्चार प्रविधि अझै पनि राजधानी र सहर केन्द्रित भएको मल्लले बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ७७ जिल्लाका ६५४ स्थानीय तहसम्म फोरजी प्रविधि विस्तार गर्न टेलिकमले काम गरिरहेको जानकारी गराए । ‘स्थानीय सरकार शक्तिशाली छन्, उनीहरुसँग सहकार्य गर्न सक्यौं भने हामीले छिटो व्यवसाय र प्रविधिको विस्तार गर्न सक्छौं,’ उनले भने ।

साधारण सभाको अवसरमा क्यान महासंघले संस्थाका उत्कृष्ट जिल्ला कमिटीहरुलाई सम्मान गरेको थियो, जसमा पर्सा प्रथम, झापा दोस्रो र रुपन्देही तेस्रो भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top