sujim bazar advert

सहकारी संघका नवनिर्वाचित पदाधिकारीलाई सहकारी बैंकको स्वागत

डबली खबर     माघ १२, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

district cooperative union nuwakot welcome program by national cooperative bank nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – जिल्ला सहकारी संघको नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय सहकारी बैंक जिल्ला शाखा नुवाकोटले स्वागत गरेको छ । २८ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित समितिलाई एक कार्यक्रमको बीच स्वागत गरेको हो ।

आईतबार आयोजित कार्यक्रममा संघका पदाधिकारीलाई बैंकका जिल्ला समन्वय समितिका संयोजक बैकुण्ठ मिश्र तथा शाखा प्रमुख प्रदिप अर्यालले खादा ओडाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संघका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले सहकारी संघ संस्थाहरुको विकास र प्रबर्द्धनका लागि सहकारी बैंकले बित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यस्तै, संघका नवनिर्वाचित अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारीको विकासमा सहकार्य गर्दै अगाडि बढ्न संघ कटिवद्ध रहेको बताए ।

कार्यक्रममा बैंकका संयोजक मिश्रले सहकारी बैंक सम्पूर्ण सहकारी संघ/संस्थाहरुको बैंक भएकोले सबैसँग हातेमालो गर्दै जाने बताए । ऋणको अधिकतम उपयोग गरेर लाभ लिनुपर्ने बताए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top