२०८१, १४ बैशाख शुक्रबार

सहकारी संघका नवनिर्वाचित पदाधिकारीलाई सहकारी बैंकको स्वागत

डबली खबर     माघ १२ २०७७ १७:४०

district cooperative union nuwakot welcome program by national cooperative bank nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जिल्ला सहकारी संघको नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय सहकारी बैंक जिल्ला शाखा नुवाकोटले स्वागत गरेको छ । २८ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित समितिलाई एक कार्यक्रमको बीच स्वागत गरेको हो ।

आईतबार आयोजित कार्यक्रममा संघका पदाधिकारीलाई बैंकका जिल्ला समन्वय समितिका संयोजक बैकुण्ठ मिश्र तथा शाखा प्रमुख प्रदिप अर्यालले खादा ओडाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संघका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले सहकारी संघ संस्थाहरुको विकास र प्रबर्द्धनका लागि सहकारी बैंकले बित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको बताए ।

त्यस्तै, संघका नवनिर्वाचित अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारीको विकासमा सहकार्य गर्दै अगाडि बढ्न संघ कटिवद्ध रहेको बताए ।

कार्यक्रममा बैंकका संयोजक मिश्रले सहकारी बैंक सम्पूर्ण सहकारी संघ/संस्थाहरुको बैंक भएकोले सबैसँग हातेमालो गर्दै जाने बताए । ऋणको अधिकतम उपयोग गरेर लाभ लिनुपर्ने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top