२०८१, १२ बैशाख बुधबार

गोसाइँकुण्ड र चौतारी मर्ज प्रकृयामा

डबली खबर     पुष २३ २०७७ १३:४४

sahakari marge cooperative nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटका पहिलो पटक सहकारी मर्ज हुने भएका छन् । विदुर नगरपालिका क्षेत्रभित्रमा सञ्चालित एक बहुउद्धेश्यीय र एक बचत तथा ऋण सहकारी बीच मर्ज हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

सहकारी ऐन २०७४ अनुसार एकै क्षेत्रका सहकारी संस्था एकीकरण गर्दै जानुपर्ने नीतिअनुसार ॐ श्री गोसाइँकुण्ड बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मर्ज हुन लागेको हो ।

शनिबार गोसाइँकुण्ड सहकारीको १९औं र चौतारी सहकारीको १२औं साधारणसभाबाट सहकारी एकीकरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

गोसाइँकुण्ड सहकारीको तर्फबाट सञ्चालक तथा मर्जर प्राप्ति समितिका संयोजक पुष्प लोहनी र चौतारी सहकारीको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक सुकुमान डङ्गोलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सहकारी ऐन २०७४ एवं सहकारी नियमावली २०७५, नगर सहकारी ऐन २०७६, नगर सहकारी नियमावली २०७७ बमोजिम गोसाइँकुण्ड र चौतारी सहकारी बीच एकीकरण हुन लागिएको जनाएको छ ।

विगत ६ महिनादेखि अगाडी बढाईएको प्रकियालाई साधारणसभाले पारित गरेसँगै एकीकरणको कार्य अगाडी बढ्ने गोसाइँकुण्ड सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डितले बताए ।

सहकारी मर्ज पश्चात् गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी लिमिटेड नामबाट कारोबार गर्ने सहकारी मर्जर समितिका संयोजक सुकुमान डंगोलले जानकारी दिए । दुवै सहकारीको विशेष साधारण सभाबाट पारित गरेका प्रस्तावलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशविदुर नगरपालिकाको अन्तिम स्वीकृति पछि कारोबार सुरु उनले बताए ।

मर्जपछि सहकारीको कुल सेयर सदस्य करिब तीन हजार पुग्नेछ भने सेयर पुँजी तीन करोड २० लाख रहने जनाएको छ ।

गोसाइँकुण्ड सहकारीको सेयरपुँजी दुई करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, चौतारी सहकारीको सेयरपुँजी ८८ लाख ६९ हजार दुई सय रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top