२०८१, १४ बैशाख शुक्रबार

शिवपुरी गाउँपालिका उत्कृष्ट

डबली खबर     मंसिर २६ २०७७ १५:२६

shivapuri gaunpalika nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – कार्य मुल्यांकनको आधारमा नुवाकोट जिल्लाको १२ वटै स्थानीय तह मध्ये शिवपुरी गाउँपालिका उत्कृष्ट पालिका भएका छन् ।

जिल्ला समन्वय समितिद्वारा आयोजित वार्षिक समीक्षा तथा चौथौं जिल्ला सभा कार्यक्रमको अवसरमा शिवपुरी गाउँपालिकालाई कार्य मुल्यांकनको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको हो ।

कार्यक्रममा संघिय संसाद हितबहादुर तामाङले गाउँपालिका अध्यक्ष रामकृष्ण थापा र उपाध्यक्ष मञ्जु के.सीलाई संयुक्तरुपमा प्रसंशा पत्र प्रदान गरेका हुन् ।

प्रशासनिक भवन निर्माण सम्पन्न गर्न शिवपुरी गाउँपालिकाले देखाएको तत्परतालाई  मध्यनजर गर्दै सम्मान गरिएको जिसस प्रमुख सन्तमान तामाङले जानकारी दिए ।  

जिल्ला सभामा १२ वटै स्थानीय तह र जिल्ला स्थित सरकारी कार्यालयहरुले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना, खर्च तथा प्रगति विवरण प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top