+
Search

ताजा अपडेट +

पपुलर +

आगलागीबाट करिब ७० लाखको क्षति

Electrical sorting fire
डबली खबर
९ मिनेट अगाडी

असार ३,  नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ।

राती करिब १० बजेको समयमा स्थानीय एकल महिला बिपना घलेले सञ्चालन गर्दै आएको पसलबाट अचानक आगो सुरु भएको थियो। आगो लाग्ने समयमा घरधनी घले आफ्ना नाबालक बालबच्चाहरूसहित घरमा निदाइरहेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी इकबाल हवारीका अनुसार सटर बन्द गरिएको पसलभित्रबाट आगो सल्किएकाले यो दुर्घटना विद्युतीय गढबढी (शर्ट सर्किट) का कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

आगलागी सुरु हुनासाथ स्थानीयबासी र प्रहरीको सक्रियतामा विदुर नगरपालिकाको दमकल प्रयोग गरी करिब दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको भए पनि घलेको घर र पसल पूर्ण रूपमा ध्वस्त भइसकेको थियो।

आगलागीबाट पसलका सम्पूर्ण सामानहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

आगलागीका कारण पक्की घरका दुईवटा सटर पूर्ण रूपमा क्षति भएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ