३ चैत, नुवाकोट । विदुर नगरपालिका–६ अन्तर्गत इनारपाटी र महारानीडिही क्षेत्रमा खानेपानीका मिटर चोरी हुने घटनामा वृद्धि भएपछि समाधानका लागि नयाँ पहल सुरु गरिएको छ।
स्थानीयस्तरमा देखिएको समस्यालाई नियन्त्रण गर्न सम्बन्धित निकायले मिटर तथा गेटभल्भ जडान (सेट गर्ने) कार्य अघि बढाईएको विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष संजिवबहादुर श्रेष्ठले जानकारी दिए । यसले खानेपानी व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
उक्त कार्य प्रभावकारी रूपमा मिटर सेट गर्नका लागि सम्पूर्ण उपभोक्ताहरूलाई अनुरोध गरिएको संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले बताए । उपभोक्ताको सहकार्यबाट मात्रै दीर्घकालीन रूपमा समस्या समाधान हुने उनले बताए ।
चालुआर्थिक वर्षभित्रमात्र ७० भन्दा बढी उपभोक्ताहरुको खानेपानीका मिटर चोरी भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया